राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर, एक अर्ब २० करोड असुल गर्न माग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसूरमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

सोमबार विभागले १ अर्ब २० करोड असुल उपर गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल वीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैकमार्फत नगरेको अभियोगपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *