काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले जेनजी सहिदको सम्मानमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै सरकारको आलोचना गरेका छन्।
सामाजिक संजालमार्फत सांसद सिंहले संविधान र समावेशिताको मर्मविपरीत सरकार अघि बढेको आरोप लगाउँदै देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाएर सरकारले कस्तो सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन् ।
सांसद सिंहले आफ्नै निर्णयमा टिक्न नसक्ने र विवादास्पद निर्णय तथा गतिविधिमा फस्दै गएको सरकारलाई छुट दिन नसकिने बताएका छन्।
उनले भनेका छन्, ‘विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको हो ? संविधान र समावेशिताको धज्जी उडाउने तथा देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोज्दैछ ?’
उनले सरकार आफ्नै निर्णयमा टिक्न नसक्ने अवस्थामा पुगेको भन्दै विवादै विवादमा अल्झिने सरकारलाई छुट नभएको बताएका छन्।
जेनजी सहिदको पहिलो स्मृतिमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरुङसँगै विवादित धर्मगुरुहरू बालयोगेश्वर विजय कृष्णमूर्ति र श्रीनिवास आचार्य पनि थिए। यसै विषयलाई लिएर सांसद सिंहले सरकारमाथि प्रश्न उठाएका हुन् ।
