‘जन्ते बाख्रो’ को ‘अंगुरको झुप्पो’

काठमाडौं । नेपाली फिल्म ‘जन्ते बाख्रो’ को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ ।

गीतको शब्द रचना तथा कम्पोज महेशकै हो भने रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् ।

फिल्ममा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर, संगीता शर्मालगायत कलाकारहरूको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मको निर्देशन सिमोस सुनुवारले गरेका हुन् । फिल्मको निर्माता सन्तोष गौतम हुन् भने प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *