नेपालमा चीनकाे खाङ्पा टीभीको प्रसारण सुरु

काठमाडौं । चीनको हिमाली क्षेत्र केन्द्रित टेलिभिजन च्यानल खाङ्पा टीभी (Kangba TV) ले नेपालको प्रमुख आईपीटीभी प्लेटफर्म नेट टीभीमार्फत औपचारिक प्रसारण सुरु गरेको छ ।

योसँगै नेपाली दर्शकले चीनको पश्चिमी क्षेत्र, विशेषगरी तिब्बती समुदायको बसोबास रहेका क्षेत्रका प्राकृतिक सौन्दर्य, संस्कृति, जीवनशैली र सामाजिक विकाससम्बन्धी सामग्री सहज रूपमा हेर्न सक्ने भएका छन् ।

खाङ्पा टीभीले हिमाली भू–दृश्य, स्थानीय समुदायको दैनिक जीवन, परम्परागत हस्तकला, संस्कृति तथा आधुनिक शहरहरूको विकासलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ ।

नेपालमा यसको प्रसारण सुरु हुनुलाई नेपाल–चीनबीचको मिडिया तथा सांस्कृतिक आदानप्रदान विस्तारको नयाँ अवसरका रूपमा हेरिएको छ ।

हिमालय दुवै देशको साझा भौगोलिक तथा सांस्कृतिक सम्पदा भएकाले खाङ्पा टीभीका सामग्री नेपाली दर्शकका लागि पनि रुचिकर हुने अपेक्षा गरिएको छ ।

पछिल्ला वर्षहरूमा चिनियाँ सञ्चारमाध्यमले नेपाली बजारमा आफ्नो उपस्थिति बढाउँदै आएका छन् भने नेपाली सञ्चारमाध्यमले पनि चीनमा नेपालको संस्कृति, पर्यटन र समाजसम्बन्धी सामग्री प्रस्तुत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *