काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले पाँच खेलाडीलाई बाहिर राख्दै टोलीलाई २७ खेलाडीमा पुर्याएका हुन् ।
बन्द प्रशिक्षणबाट बाहिरिनेमा गोलकिपर अभिषेक बराल, डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ, अशोक खवास र अञ्जन राई रहेका छन् ।
नेपाली टोलीले २१ मार्चमा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्दैछ भने २५ मार्चमा एएससी एसियन कप छनोट अन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, बिमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर : लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक बिष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छुन्जु
फरवार्ड : गिलेस्पी जङ कार्की, अञ्जन बिष्ट, दिनेश हेम्जन, सुवास ठकुरी बम, निराजन धामी, रेजिन सुब्बा, श्रीजन राज गौतम