काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रशारण चर्चित भारतीय खेलकुद टिभी च्यानल स्टार स्पोर्ट्सले गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको प्रशारण स्टार स्पोर्ट्सले गर्ने जानकारी दिएको हो
यस्तै क्यानले सिद्धार्थ बैंकसँग प्रायोजक सम्झौता गरेको छ । क्यानले आजै कार्यक्रममा ५ वर्षका लागि सिद्धार्थ बैंकसँग सम्झौता गरेको हो ।
अब प्रतियोगिताको नाम सिद्धार्थ बैंक एनपिएल हुनेछ । नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदैछ ।
