चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक

काठमाडौं। चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ। निर्माणपक्षले मंगलबार जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन्। हातमा कचौरो बोकेका छन्।

कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ । पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ ।

यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ। यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ्’ पुस २६ गते प्रदर्शन हुँदैछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *