काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन साहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
प्रधानमन्त्री साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाँदैछन् ।
यसैगरी, सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत अन्तर-सरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि गरेको छ।
