नेप्सेमा ४ अर्बको कारोबार

काठमाडौँ । बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १३.८५ अङ्कले घटेको हो । बिहीबार सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १९९ वटा कम्पनीको शेयर घटेकोमा ६८ वटाको बढेको छ ।

आज सिन्धु विकास बैंकको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लिबर्टी इनर्जीको शेयर १५ प्रतिशतले बढेको छ । आज ३४१ वटा कम्पनीको १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ९ लाख रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *