तोलामा दुई हजार ९ सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ रुपैयाँ कायम भएको छ ।

बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० मा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *