काठमाडौं । जुम्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सिञ्जा विधेयक आफैंले लेखेको दाबी गरेपछि माओवादी सांसद त्यसको प्रतिवादमा उत्रिएका छन् ।
कात्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा शाहीले लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिएको भन्दै माओवादी नेताहरु प्रतिवादमा उत्रिएका हुन् ।
माओवादी सांसद सदस्य छिरिङल्हामु लामा र माओवादीका केन्द्रीय सदस्य एवं पूर्वसांसद नरेश भण्डारीले शाहीको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।
माओवादी नेता नरेश भण्डारी लेख्छन्ः
ज्ञानबहादुर जी,
कात्तिक १० गते जुम्लाको गोठीज्यूलामा राप्रपाद्वारा आयोजित जनसभामा लाजनै लजाउने गरी सत्यलाई ठाडै चुनौती दिदै जनता माझ तपाईंले झुठका पुलिन्दा छताछुल्ल पार्नु भएछ । सिञ्जा सभ्यता विधेयक लगायतका विषयमा व्यक्त गरेका सफेद झुठप्रति ध्यानाकर्षण भएको छ । जुम्लाका लागि तपाईंले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिनुपर्ने बाध्यतालाई न सत्यले मान्यता दिन्छ न त जनताले । सत्यसँग जति अनुनय विनय गरेपनि सत्य सत्य नै हुन्छ, डग्मगाउँदैन । सम्झाउनु नपर्ला झुठको धरातल कमजोर हुन्छ, आयु छोटो हुन्छ ।
झुठको पुलिन्दा भित्रको एउटा सवालका सम्बन्धमा प्रष्ट पार्न चाहन्छु–
आफूले समेत सिञ्जा सभ्यता विधेयक लेखेको दाबी पेश गर्दै विधेयकलाई अगाडी बढाउन प्रचण्डको भुमिका नभएको आरोप लगाउदै विधेयक पारित गर्न तत्कालिन प्रधानमन्त्री प्रचण्ड कहाँ नगएर मेरो ढोकामा आउनु पथ्र्योको सामन्ती दम्भ ओकल्नु भएछ । प्रधानमन्त्री एवं अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयबाट सिञ्जा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने, कानुनमन्त्रीलाई निर्देशन गरेर कानुन मन्त्रालयको सहमति सुनिश्चित गराएर क्याविनेटबाट सैद्धान्तिक सहमति प्रदान गर्ने महत्वपूर्ण कार्य पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले गर्नु भएको हो । जुन बास्तविकतालाई खारेज गर्ने तपाईंको दुस्प्रयत्न जुम्ली जनताका लागि अमान्य छ ।
विधेयक पारित गर्न गरेको हाम्रो अनवरत संघर्षलाई बेहिच्किचाहट स्टण्टको संज्ञा दिन तपाईं पछि पर्नु भएनछ । हाम्रो अभिष्ट सस्तो लोकप्रियता नभई निजी जीवनका खुसीको त्यागमा देश र जनताको मुक्ति थियो/हो । जसको प्राप्तिका लागि कालको आँखामा आँखा जुझाउँदै अगाडी बढ्यौं/बढ्नेछौं । जनप्रतिनिधि र राजनीतिकर्मीका रुपमा जुम्ली जनताको हितार्थ हामीले गरेका कार्यहरूको लेखाजोखा इतिहासले गर्ने नै छ ।
हेक्का होस्, हाम्रै अवधारणाबाट निर्देशित भएर अधिवक्ता रत्नबहादुर बुढाको सहयोगमा विधेयकको प्रारम्भिक मस्यौदा तयार भएको हो । विधेयकको मस्यौदा लेखनमा तपाईंको कुनै भुमिका छैन । २०७८ असोज ९ गते अर्थात कर्णाली प्रदेशसभा सचिवालयमा बिधेयक दर्ता गर्नु १ दिन अगाडी अन्य सरोकारवालालाई पठाएझैं तपाईं अभियान्ता हुँदा सिञ्जाको बासिन्दा भएकाले मैले सुझावका लागि इमेलमा विधेयक पठाएको थिएँ । तर, तपाईंबाट धन्यवाद आयो, सुझाव आएन ।
धन्यवादलाई विधेयक लेखेको अर्थमा ग्रहण गर्ने हो भने तपाईंको दाबीलाई सत्य ठान्नु पर्ने हुन्छ अन्यथा …… !
बास्तविकता भन्दा कैयौं कोष टाढाबाट सत्यको दाबी गर्नु र असत्यको जगमा उभिएर प्रतिक्रिया दिनु क्षणिक आत्मरति शिवाय केही हुन सक्दैन ।
धामीका घाँटी काट्नेहरुले सभ्यताको संरक्षण गर्न सक्दैनन् हामीले गर्छौं भन्ने दाबी समेत गरेको सुनेँ । पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहको अगुवाइमा जुम्ला राज्यका सेनाहरु दशैंमा घर गएको समयमा आक्रमण गरेर जुम्ला राज्यलाई नामेट गरिए पश्चातका २१७ वर्ष भन्दा ज्यादा समय शासन गरेर–
सिञ्जा सभ्यताको विकास र संरक्षणका लागि कानुनी व्यवस्था गर्न राजतन्त्रलाई कसले रोकेको हो ? कर्णालीलाई अघोषित नाकाबन्दी कसले लगायो ? सरकारी सेवामा प्रजिअको जिम्मेवारीबाट समेत बन्चित गरेर कर्णालीबासीलाई शासितको व्यवहार कसले गर्यो ? १२ वर्षभन्दा माथिकालाई सफाया गर्न भक्ति थापालाई आदेश दिएर जुम्लीहरुको मेसेकार कसले गर्यो ? कब्जा गर्ने क्रममा जुम्ला राज्यको प्रतिनिधित्व गर्ने ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तुहरु कसले नष्ट गर्यो ? यहाँका नागरिकहरूले जवाफ खोजेका छन् ।
२०८४ प्रतिक्षारत छ !
माओवादी सांसद छिरिङल्हामु लामा लेख्छिन्ः
विधेयकको वि थाहा नपाउनेले सिञ्जा सभ्यता विधेयक मैले लेखेको हुँ रे हैट लाज पनि लजाउने काम नगरौँ मान्यज्यू हुन त तिम्रो रोजीरोटीको सवाल छ तिम्रो युट्युब पनि त चलाउनुपर्यो यति नगरी डलर कसरी कमाउने ? यस्तै झुठा कुरा गरेर जनतालाई ठूलो भ्रमको छानोमा राखेर कठै हाम्रा सोझा जनताबाट असुलेको मत त हो ६ महिने CAP तालिमलाई chartered accountant पास गरेको छु भन्नेले ठूला गफ नदिएकै राम्रो । तिम्रो क्षमताको यतिबेलै बुझिसकेका थियौं । तिम्रो हविगत देखिसकेको छ। जुम्लामा अस्ति भर्खर कार्तिक ५ र १० गते भएको कार्यक्रमको शीर्षक एउटै ठाउँ एउटै मात्र मिति फरक सो कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश हुनेको लहर तिम्रो आँखाले देखे कि देखेन ? तिम्रो हावा गफलाई पत्याएर एक जना पनि प्रवेश भएको छ भने खै नाम सार्वजनिक गरौँ त उल्टै राप्रपाका शीर्ष नेताहरूले नै तिम्रा कार्यक्रम बहिष्कार गर्दै तिमीलाई युट्युब भन्दै फर्केका छन् ।
सबै दृश्यबाट के बुझ्यौ कि जनतालाई सधैंभरि झुक्काउन सम्भव छैन जनता सचेत भइसकेका छन् जुम्ली जनता अब तिम्रा बाकम्पपुसे हावादारी गफमा पत्याएर झुक्किनेवाला छैनन् । माओवादीको नेतृत्वमा सरकार माओवादीको प्रधानमन्त्री माओवादीको अर्थमन्त्री र जिल्लाबाट पहल गर्ने माओवादीको तर्फबाट सांसद म हाम्रो पहलमा जति पनि योजनाहरू भित्रियो जिल्लामा सबै आफूले गरेको हुँ मैले थर्काउँदै ल्याएको हो मैले गाली गर्दै ल्याएको हुँ भनेर जनतामा भ्रम छर्ने तिमी जस्तालाई हामीले राम्रोसँग चिनिसकेछौ र कुन हदसम्मको हावा बोल्छौ भन्ने कुरा यसको जीवित साक्षी म हुँ ।
अनि खाली प्रत्यक्ष र सामानुपातिकको भनेर हेपेर बोल्छौ हेक्का होस् सामानुपातिक सांसद भनेको देशभरिको मतको आधारमा आएको सांसद हो। देशभरिका जनताले समर्थन गरेको हुन्छ त्यहाँ र प्रत्यक्षलाई एउटा जिल्लाले मात्र समर्थन गरेको हुन्छ निर्वाचन प्रणालीको विधि र पद्धतिबाट आएको संसद हुँ तिमी जस्ता जनतालाई झुक्काएर भ्रम पारेर आएको कदापि होइन संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट आएको सांसद हुँ । संविधानको ३०८ धाराले जन्माएको सांसद हुँ नेपाली जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको यो व्यवस्था भित्रको सुन्दर पक्षबाट जन्मेको सांसद हुँ । तिमी जस्तो ढाटेर छलेर आएको होइन हेक्का रहोस् खबरदार आइन्दा बोल्नुभन्दा पहिला हजार पल्ट सोचविचार गर्नु तिम्रो हावा तालको भाषण अब बढी हुँदैछ ।