रेखा जोशी र रुपराज सुनारको ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा सर्जक पुष्पजङ्ग कुँवरले ‘आसुँको भेल’ देउडा गीत बजारमा ल्याएका छन् ।

वैदेशिक रोजगारीको पीडामा आधारित गीत श्रव्यदृश्यसहित मंगलबार ‘पुष्प जङ्ग कुवँर’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको सर्जक कुवँरले जानकारी दिए ।

महेन्द्र विकको शब्द तथा कृष्ण बाजुरलीको लय तथा सङ्गीत रहेको छ । यस्तै श्रव्यदृश्यमा सर्जक कुवँर र निरु विष्टको मोडलिङ तथा दिनेश ठकुल्लाको निर्देशन रहेको छ ।

गीत मुख्य गरी वैदेशीक रोजगारीका क्रममा विदेशीयको श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पीरव्यथा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *