मेस्सीको कीर्तिमानी ह्याट्रिकमा अर्जेन्टिना विजयी

काठमाडौं । कप्तान लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ को आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा विजयी शुरुवात गरेको हो ।

कान्सास सिटी स्टेडियममा भएको खेलको १७ औँ मिनेटमा मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । यसअघि छैटौँ मिनेटमा फार्बेस चाइबीले गरेको गोल भीएआरले अफसाइड दिँदा अर्जेनियाले खेलमा अग्रता लिने मौका गुमाएको थियो । ६० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।  यस्तै ७६ औँ मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर अर्जेन्टिनालाई ३-० गोलको अग्रता दिलाएका हुन् ।

मेस्सीको विश्वकपमा यो पहिलो ह्याट्रिक हो । यस्तै लियोनल मेस्सीले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाव क्लोसको कीर्तिमानीसँग बराबरी गरेका छन् ।

जितसँगै अर्जेन्टिनाले तीन अंक जोडेको छ ।

आज विहान भएको अन्य खेलमा फ्रान्सले सेनेगललाई ३-१ र नर्वेले इराकलाई ४-१ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *