मोदी र जिग्मेको सल्लाहमा पूर्वराजाको भुटान भ्रमण !

सुरेश आचार्य ।
पूर्वराजाको ज्ञानेन्द्रको भुटान अधिराज्यको ‘निजी’ भ्रमणलाई भूटान सरकारले अघोषित रूपमा ‘औपचारिक’ भ्रमणको हैसियत प्रदान गर्यो । तीनदिने ऐतिहासिक भ्रमण समाप्त गरी राजाको आइतबार बिहान काठमाडौ फिर्ति सवारी भएको छ । भुटानले राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’ कै रूपमा भव्य स्वागत तथा बिदाई गरेर नेपालको राजसंस्थालाई सम्मान र मान्यता दिइएको छ । पूर्वराजा ज्ञानेन्द्र, भूटान सरकारको आमन्त्रण र सौजन्यमा भुटान अधिराज्यको ध्वजाबाहक ड्रुक एयरमा पारो विमानस्थलमा असोज १६ गते अवतरण गरेपछि पारो अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा राजा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीबाट हार्दिक स्वागत गरिएको थियो ।

विशेष विमानदेखि पारो विमानस्थल बाहिरको सवारी कारकेडसम्मै करिब १०० मिटर ‘रेड कार्पेट’ मा सवारी चलाइएको थियो । विश्वका कुनै पनि देशमा निजी भ्रमणमा ‘रेड कार्पेट स्वागत’ गर्ने कूटनीतिक प्रचलन छैन । यसअघि, राजा सवार विमान भुटानको हवाइ क्षेत्रमा प्रवेश गर्नासाथ काठमाडौंको निजी भ्रमण थिम्पुको ‘औपचारिक भ्रमण’ मा रूपान्तरित भएको थियो ।

औपचारिक कारकेडबाट राजकीय अतिथि गृहमा सवारी चलाएपछि अतिथि गृहमा भुटानका राजगुरूले राजा ज्ञानेन्द्रको अभिशेष गर्नुका साथै परराष्ट्रमन्त्री डिएन ढुंगेलले भुटान सरकारका तर्फबाट आधिकारिक रूपमा स्वागत अभिवादन चढाउनु भएको थियो । संवैधानिक राजतन्त्रात्मक भुटानको संसदमा अहिले बहुमतप्राप्त सबैभन्दा ठूलो दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडिपी) को सरकार रहेको छ ।

प्रधानमन्त्री छिरिङ तोग्बेको सरकारद्वारा वरिष्ठमन्त्री ढुंगेललाई भ्रमणमा सवारी मन्त्री तोकिएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भुटान र भारतबीच भएको सन्धीमा ‘परराष्ट्र सम्बन्ध भारतको सल्लाह अनुसार परिचालित हुने’ (धारा २ मा) उल्लेख छ । उक्त सन्धीको अन्तर्य अनुरूप भुटानका परराष्ट्मन्त्री ढुंगेललाई नै सवारी मन्त्री तोकिनुबाट उहाँले नै ‘डिफ्याक्टो’ रूपमा भारत सरकारको पनि प्रतिनिधित्व गर्नु भएको बुझ्न सकिन्छ ।

राजाको भुटान भ्रमण अवधिमा थिम्पुमै एक समारोहमा सहभागी हुनआएका कोलम्बियाका पूर्व राष्ट्रपति तथा अर्थशास्त्रका नोवेल पुरस्कार विजेता जकका म्यानुअल सान्तोषलाई कुनै औपचारिक सम्मान दिइएको थिएन ।
राजा ज्ञानेन्द्र थिम्पुमा वर्तमान राजा जिग्मेकेशर नाम्ग्याल वानचुक र राजपरिपारका सदस्य तथा सवारी मन्त्रीसँग राजकीय रात्री भोजमा सरिक भइरहँदा थिम्पुमै रहेका कोलम्वियाका पूर्व राष्ट्रपति सान्तोष सहित नोबेल पुरस्कार विजेताहरू जोसेफ स्टिगलिज, रिचर्ड रोबर्ट्स र कन्स्टान्टिन नोभोसेलोभ लाई राजकीय समारोहमा बोलाइएको थिएन ।
भारतका विश्वासी मित्र रहेका भुटानी पूर्वराजा जिग्मे सिंग्मे वानचुकले नर्थ प्वाइन्ट, दार्जिलंगमा श्री ५ ज्ञानेन्द्र सँगै अध्ययन गरेका हुन् । फलतः भुटानी पूर्वराजाकै पहलमा नर्थ प्वाइन्टका एलुम्नाई बीच पनि भेटघाट भएको थियो !

भारतसँग सुमधुर सम्बन्ध रहेको भुटानले करिब ६ महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई थिम्पुमा आयोजित भव्य समारोहमा भुटानको सबैभन्दा सम्मानित ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ मानपदवीबाट विभूषित गरेको थियो ।
कूटनीतिक सूत्रका अनुसार भुटान भ्रमण ताका प्रधानमन्त्री मोदी र भुटानी पूर्वराजा जिग्मे सिंग्मे वानचुक (वर्तमान राजाका पिता) बीच भएको कुराकानीले नेपालका पूर्वराजालाई औपचारिक रूपमा भुटानमा आमन्त्रण गर्ने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *