विष्णु खत्रीको ‘दसैँ आइसक्यो’

काठमाडौँ ।

आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन

तिरेरै गाछैन पोहोर सालकै ऋण

दसैँ आइसक्यो,

रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो।

यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गरेकी छिन्। गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ।

विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय/शब्द स्वयं गायक खत्रीकै छ। गीतको सङ्गीत संयोजन कृष्ण विकले गरेका छन्।

गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *