राजसंस्था पुनर्स्थापना गर्ने राजनीतिक क्षमता अब मुलुकसँग छैन

केशवप्रसाद भट्टराई ।
राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कम्युनिष्ट प्रेमकै परिणाम बलियो र निर्णायक रूपमा शक्तिशाली बनेका कम्युनिस्टहरू र अन्तर्राष्ट्रिय समुदायको दवावलाई काङ्ग्रेसले धान्न सकेन र अन्ततः देश गणतन्त्रमा गयो । काङ्ग्रेस सरकारको विघटनपछि आफ्नो पक्षमा राजनीतिक समर्थन निर्माण गर्ने उद्देशयले राजा महेन्द्रको संरक्षण र प्रोत्साहनमा नेपालमा कम्युनिष्टहरू फैलदै र बलियो हुँदै आएका थिए । तरुण पत्रिका बोकेको व्यक्तिले जेल, नेल र हत्या बेहोर्ने तर माओको लकेट र उनका साहित्यहरू अन्यत्रको कुरा छोडौँ दरवार/सरकार राजा –रानीहरूको जन्मोत्सवको अवसरमा संचालन हुने रमाइलो मेला अलका मेलामा खुला रुपमा वितरण हुन्थे ।

बाँसबारी छालाजुता कारखाना निर्माणस्थल र कोदारी राजमार्ग वरपरका बस्तीहरूमा चिनियाँहरूले माओवाद बारे प्रशिक्षण दिन्थे । डक्युमेन्ट्री प्रदर्शन हुन्थ्यो । एक दिन सञ्चार मन्त्रालयबाट तयार पारिएको डक्युमेन्ट्री प्रदर्शन भए अर्को दिन चिनियाँ कम्युनिष्ट पार्टीद्वारा तयार पारिएको डक्युमेन्ट्री प्रदर्शन हुन्थ्यो । झापा हत्याकाण्ड पछि मात्रै दरवार र एकथरी कम्युनिष्टहरूमाथि पंचायत क्रूर रूपमाप्रस्तुत हुन थालेको थियो । तर पनि दरवार कम्युनिष्टहरूकै निकट रह्यो र सेनाका साथसाथै राजा वीरेन्द्र र ज्ञानेन्द्र पनि माओवादीसँग निकट रहे, संरक्षण र समर्थन गर्दै गए । राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र सबैले कम्युनिस्ट भन्दा काङ्ग्रेसलाई परचक्री सम्झिए ।

राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कम्युनिस्ट प्रेमकै परिणाम बलियो र निर्णायक रूपमा शक्तिशाली बनेका कम्युनिष्टहरू र अन्तर्राष्ट्रिय समुदायको दवावलाई काङ्ग्रेसले धान्न सकेन र अन्ततः देश गणतन्त्रमा गयो । तर गणतन्त्र मुलुक र प्रजातन्त्रको पक्षमा थिएन र छैन तर केही गर्न सकिने अवस्था पनि देखिन्न । साँच्चै मलाई लागेको चाहिँ– राजा चाहिन्छ तर पाइन्न । किनकि वाह्य प्रभाव, दवाव, हस्तक्षेप र समर्थन बेगर नेपालका कुनै राजनीतिक आन्दोलन, क्रान्ति र विद्रोहहरू र सत्ता परवर्तनहरू भएका छैनन् । त्यस अवस्थामा राजसंस्थाको पुनर्स्थापना गर्ने राजनीतिक र राज्य क्षमता मुलुकसँग छैन भन्ने मलाई लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *