काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय छलफलका लागि भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले आगामी १ र २ असोजमा भारतको नयाँदिल्लीमा रहने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सहकार्य, आपसी सम्बन्ध तथा भोटेकोशी क्षेत्रमा आएको विपद्पछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ ।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर उनले सम्बोधन गर्ने तयारी गरिएको छ ।
