७ म्याग्निच्युडको भूकम्पपछि चीनको सिजाङ क्षेत्रको अवस्था(फोटोफिचर)

ल्हासा (सिन्ह्वा) । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो । सहरको भूकम्प उद्धार मुख्यालयले शुक्रबार उक्त विवरण सार्वजनिक गरेको हो।

भूकम्पपछि क्षेत्रीय विपद् रोकथाम, न्यूनीकरण तथा राहत समितिले शुक्रबार प्राकृतिक विपद् उद्धारका लागि तेस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय बनाएको छ।

शुक्रबार बिहानैदेखि विभिन्न तहका सरकारी निकायले उपलब्ध गराएका राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न थालेका छन् । राहत सामग्रीमा एक हजार सेट पूर्वनिर्मित आवास, तीन हजार २०० भन्दा बढी पाल, दुई हजार ८०० भन्दा बढी फोल्डिङ बेड तथा सिरक, चुलो र कपडागायत दैनिक उपभोग्य सामग्री रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *