काठमाडौंमा हाइकिङमा जानेहरुलाई लुटपाट गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विगत केही दिनदेखि हाइकिङमा जाने व्यक्तिहरुलाई धारिलो हातहतियार देखाई लुटपाट गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष प्रहरी टोलीले लुटपाटमा संलग्न मकवानपुर पदमपोखरीका ५२ वर्षीय धनबहादुर स्याङ्ताङलाई पक्राउ गरेको हो ।

विगतमा भएका घटनाको विश्लेषण गर्ने क्रममा साउन १२ गते पुन नागार्जुन नगरपालिकाको विन्दबासिनी मन्दिर नजिकैको जंगलमा गाडीमा सवार व्यक्तिहरुलाई तीन जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर पश्चात स्युचटारस्थित चेकपोईन्ट राखी खोजतालस गर्ने क्रममा उक्त घटनाका नाइकेस्याङ्ताङलाई धारिलो हतियार तथा लुटपाट गरिएका धनमालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट १. सुनको औठी थान ४, सुनको सिक्री एक थान, सुनको लकेट थान १, सुनको व्रासलेट थान २, सुनको कानमा लगाउने रिङ थान २, सुनको सिक्रीको टुक्रा थान १, चाँदीको ब्रासलेट थान १, खुकुरी थान २ र नगद १३ हजार चार सय बरामद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *