ऋषि कट्टेल ।
प्रक्रियावादी राज्यसत्ता धर्मराएको छ । सामन्त दलाल तथा नोकरशाही राज्यसत्तालाई यथावत राखेर तयार गरिएको एउटा जाली दस्तावेज हो यो संविधान । यसले परिकल्पना गरेको संसदीय व्यवस्था धर्मराएको छ । केन्द्र र प्रदेशका संसद अनि सरकारहरु बेकम्मा सावित भएका छन् । जनतामा व्यापक निराशा र आक्रोश छ । अर्थतन्त्र शिथिल छ । नागरिकहरुको विदेश पलायन तीव्र छ । विदेशी हस्तक्षेप नांगो रुपमा बढेको छ । सारमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सबैपक्ष संकटग्रस्त छ ।
प्रतिक्रियावादी राज्यसत्ताका खेतालाहरुको अन्तर विरोध दुश्मनीमा रुपान्तरित भैरहेकोछ । नेपाली जनताले मात्र हैन यि आफैंले एकले अर्कालाई भ्रष्टाचारी, जनघाती, विदेशी दलालको रुपमा चित्रित गरिरहेका छन् र कसरी निषेधको बाटोमा जान सकिन्छ भनेर दौडधुप गरिरहेका छन् । यिनका विदेशी प्रभुहरु पनि आफनो खेताला बदल्दै, एकआपसमा जुधाउँदै आफ्नो आफ्रनो स्थिति सुदृढ गरिरहेका छन् ।
पछिल्लो समय ज्यालादारी खेतालो दाहाललाई मुखिया बनाएर प्रतिक्रिवादी राज्यसत्ता संचालन गर्ने प्रयोग पूर्ण रुपमा असफल भइसकेपछि नियमित खेताला काँग्रैस एमालेलाई मिलाएर सत्तामा देखिएको संकट टार्ने प्रयत्न भएको छ । ज्यालादारी दाहालले आत्मसमर्पण गरे ठिकै छ । सिथिल बन्दै गइरहेको जातीय क्षत्रीय मुद्दा उठाउने र कम्युनिष्ट आन्दोलनलाई भ्रमित गर्ने दुई कार्यक्षेत्र उनलाई मिल्नेछ । अन्यथा भएमा उसको ज्यलादारी सेवा खोसिनेछ ।
अब प्रतिक्रक्रियावादी सत्तासँग खेतालो बदल्ने विकल्प साँघुरिदै गएको छ । क्रान्तिनायकको विकल्प सकियो । मधेसवाद, विखण्डनवाद, जातिवाद, धार्मिक अतिवाद सिथिल बने । एमाले माओवादी केन्द्र नांगिइसकेपछि माधव नेपालको नाममा तयार गरिएको भनिएको कथित वाम विकल्प भ्रूणमै मर्यो । नयाँ पात्रको रुपमा उठाउन खोजिएको मधेसवाद, रास्वपा नामको कथित नयाँ खेतालो पनि टाँसिन थाल्यो । अहिले कथित समाजवादी मोर्चाको नामवाट नाटक मञ्चन गर्न खोजिँदैछ । सत्तालाई बलियो बनाउने गरि यसले पनि आकार लिदैन । यसरी विकल्पहरु साँघुरिदै गएकोले नियमित खेतालाहरुलाई बोक्नु उसको नियतिनै बनेको छ । तर यो नै अन्तिम विकल्प भने हैन । यसले अन्तिम विकल्पको भ्रूण सँगै ल्याएको छ ।
