प्रधानमन्त्रीज्यूहरु ! अन्यथा फेरि अर्को एउटा राजनीतिक धोका जन्मिनेछ

डा. युवराज संग्रौला ।
प्रधानमन्त्रीज्यूहरु !
तपाईंहरु पटक पटक प्रधानमन्त्री हुनुभयो, तर राष्ट्रले के पायो तपाईंरुबाट । राजनीति पदप्राप्त गर्नु होइन । विद्वान दार्शनिकहरुले भनेका छन्, ‘नेताले पद र आफ्नो स्वार्थ र लाभका लागी मात्र आफ्नो सक्रियता दिन्छ, तर एउटा स्टेटम्यानले राष्ट्र र जनताको भलाइ हेर्छ।’ तपाईंहरु स्टेटमेन हुनसक्नु भएन । यो तपाईंहरुको असफलता हो, बुझ्नुहोस् ।
आज देश केवल तपाईंहरुको दर्शनका कारण भएन । ‘तपाईंहरुको दर्शन राजनीति अवसरको खेल हो भन्ने’ रह्यो। होइन, तपाईंहरु गलत हुनुहुन्छ । राजनीति ‘अवसरको खेल कदापी होइन।’ राजनीति समाजको परिवर्तनको उपायको हो ।

१. मानिसमा तीन खालका विचारको तह हुन्छ । सबैभन्दा तल्लो तहमा आग्रह र पुर्वाग्रह  हुन्छ, जसलाई मन भनिन्छ । मन धोकेबाज हुन्छ । तपाईंहरु मनबाट चल्नुहुन्छ । सही विचारका लागि तथ्यको विश्लेषण आवश्यक हुन्छ । तथ्यले विज्ञानको बाटोमा लान्छ। तर विज्ञान पनि कहिलेकाहीँ गल्तीमा सकिन्छ । त्यसैले, बौद्धिक र तार्किक विश्लेषणले तथ्यलाई शासित गर्नुपर्छ । तपाईंहरु यही बिन्दुमा फेल हुनुभयो ।

२. जनताले त केही पाएनन् । आज शिक्षा विघटनको अवस्थामा छ । युवाहरू देशमा आफ्नो जीवनको भरोसा छैन । उत्पादन छैन । उद्योग छैन । कृषि समाप्त । नैतिकताको पतन भएको छ । तपाईंहरुबाट देशले के पायो ।

३. युवाहरुको उमेर समाप्त पार्नु भयो। सधैं आफैं पदमा रहने तपाईंहरुका लोभले देशमा नयाँ नेताको गर्भपात भयो । यथार्थमा देशको भविष्य अन्धकारमा छ ।

यदि मैले भनेको बौद्धिकताको कसौटीबाट सोच्नुहोस् र उदारतापूर्वक सबै नयाँ पुस्ताका सासंदहरुलाई प्रधानमन्त्री र मन्त्री बनाएर संरक्षण गर्दै देश चलाउन सिकाउनुहोस् । यसो गर्नुभयो भने’एउटा नयाँ आशा पलाउने छ र बजारको सनक, चटक र पलायन रोकिन्छ। अन्यथा फेरि अर्को एउटा राजनीतिक धोका जन्मिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *