बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष महेश दाहालले बेलायती उद्यमी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका भए पनि पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताए ।

उनले प्रवासी नेपाली मात्र नभई आफूहरूले विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको राजनीतिलाई देखाउँदै उनीहरू लगानी गर्न डराएका बताए । उनले राजनीतिक स्थायित्वका निम्ति राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समितिका समस्यालगायत विषयमा कांग्रेस नेतृत्वलाई जानकारी दिने बताए । समितिका अध्यक्ष दाहाल, प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार) लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *