काठमाडौँ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोसी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे।
राष्ट्रिय प्रतिनिधि डा गुरुङले बाढीबाट प्रभावितहरु अझै पनि सम्पर्कविहीन रहेका र सडक तथा सञ्चार सम्पर्कमा अत्यधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताए।
