काठमाडौँ । बुधबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बुधबार नेप्से ३६.२५ अंकले घटेको हो । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलबार ७.०६ अंकले बढेको नेप्से बजारमा ७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
आज ३५२ वटा कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३८ करोड मूल्य बराबरको कारोबार गर्यो।
रिलायन्स स्पिनिङ्गस मिल्सले २१ करोडको कारोबार गर्दा हिमालयन डिस्टिलरीको २० करोड,लक्ष्मी सनराइज बैंकले १८ करोड र आँखु खोला जलविद्युतले १७ करोडको सेयर कारोबार गरे।
