एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)का युवा फरवार्ड किलियन एम्बाप्पेले पीएसजी छाड्ने भएका छन् । एम्बाप्पेले शुक्रबार राति सामाजिक सञ्जाल मार्फत पीएसजी छाड्ने बताएका हुन् ।
उक्त भिडियोमा उनले यस सिजनको अन्त्यमा पीएसजी छाड्ने बताएका हुन् । तर उनले कुन क्लब जाने बारेमा मुख खोलेका छैनन् । तर उनी स्पेनिस क्लब रियल म्याड्रिड जाने लगभग पक्कापक्कीनै छ । उनलाई रियल म्याड्रिडले च्याम्पियन्स लिग फाइनलपछि सार्वजनिक गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।
आठ सिजन पीएसजीमा बिताएका उनले ३ सय ६ खेल्दै २ सय ५५ गोल गरेका थिए । यस्तै उनले पीएसजीबाट ६ पटक घरेलु लिगपनि जितिसकेका छन् ।
