नेपाली मूलका अमेरिकी सांसदका उम्मेदवार आशिष पोखरेल अब प्राथमिक निर्वाचनको मतपत्रमा हुने

अमेरिका । अमेरिकी प्रतिनिधिसभा अर्थात् अमेरिकी सांसदका उम्मेदवार नेपाली मूलका एड्रियन आशिष पोखरेल अब प्राथमिक निर्वाचनको मतपत्रमा हुने भएका छन् । उनले १,००० जनाको हस्ताक्षर प्रमाणित गर्दै उनको निवेदन मनोनयनको लागि स्वीकृत भएको छ ।

उनी डेमोक्रयाटिकका उम्मेदवार हुन् भने उनले कम्तिमा पनि १,००० जनाको यस क्षेत्रमा वसोवास गर्ने मतदाताले उनको उम्मेदवारीलाई समर्थन गर्नु पर्ने हुन्छ । यो कुनै पनि उम्मेदवारलाई यत्रो संख्यामा हस्ताक्षर पुर्याउन ठूलो चुनौती हुन्छ भने नेपाली मूलका उम्मेदवारले यती पुर्याउनु पनि ठूलो सफलता मानिन्छ ।

हस्ताक्षर प्रमणित गर्न निर्वाचन अधिकारीले उक्त हस्ताक्षर सही या सक्कली हो या हैन भनि छुट्याउन विद्युतीय माध्यमबाट चालक अनुमति पत्र या राज्यले प्रदान गरेको परिचय पत्रसंग हस्ताक्षरसंग रूजु गर्नु पर्ने प्रावधान छ ।

पोखरेलले बुझाएको करिव १,३०० हस्ताक्षर मध्ये १,००० प्रमाणित हुनासाथ सोको जानकारी निर्वाचन अधिकारीले दिएका छन् । उनी भर्जिनिया जिल्ला १० का उम्मेदार हुन् भने उनले आफ्नो चुनाव अभियानको लागि कार्यालयको उद्घाटन समेत गरेका छन् ।

उनी नेपाल सुनसरी धरानबाट अमेरिका बसाई सराई गरेका हुन् भने उनी अमेरिकामा सैनिक सेवा, गुप्तचर सेवा र अमेरिकी राष्ट्रिय सुरक्षा सेवामा काम गरि सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *