हङकङमा हुने टी–२० सिरिजका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ –क्यान)ले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल, हङकङ र पिएनजीबीचमा श्रृंखला हुने छ। आगामी टी–२० विश्वकपको तयारी स्वरुप यस श्रृंखला खेल्न लागिएको हो। टी २० विश्वकपमा पिएनजी पनि खेल्दै छ । नेपालले मार्च १० मा टी२०आई श्रृंखलाको पहिलो खेलमा हङकङसँग, मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ। मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन्।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, रासिद खान, सन्दीप जोरा, आरिफ शेख, सागर ढकाल र विवेक यादव छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *