काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध लज्जास्पद शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिलो पावरमै चार विकेट गुमाएको हो ।
नेपालले ओपनर कुशल भुर्तेल सुन्य, आफिफ शेख ४, अनिल शाह ८ र रोहित पौडेल एक रन बनाउँदै आउट भएका हुन् । ताजा अवस्थामा नेपालले १० ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा २५ रन जोडेको छ । हाल भीम शार्की ७ र कुशल मल्ल ४ रनसहित क्रिजमा छन् ।