काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा उनले राष्ट्रिय गौरवको आयोजनामासमेत कपिपेस्ट भएको भन्दै डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘कस्ताकस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाटबाहिर निस्केर साँच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’
उनले अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड र देखिएको त्रुटि सच्याउने उपायको खोजी गर्नुपर्ने बताए ।