सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि गुट सकियोः असिम शाह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको दाबी गरेका छन् । रास्वपाको महाधिवेशनस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै शाहले पार्टीमा कुनै गुट उपगुट नभएको दाबी गरे ।

उनले भने, ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र साह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।’ उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए । उनले भने, ‘पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।’

शाहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताए । उनले भने, ‘दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *