प्रदेशसभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त :डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताका आधारभूत  सुविधा थप्ने कुरामा ध्यान भने जोड दिए । मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुन्छ भन्नुभयो ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका  कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने  आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *