पासपोर्टविहीन र भिसा अवधि सकिएका २४ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिकहरू स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै नेपालमा बसोबास गर्दै आएका थिए। उनीहरूमध्ये केहीले पर्यटक भिसाको म्याद सकिएपछि पनि काठमाडौंका विभिन्न कपडा कारखानामा काम गरिरहेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ अन्तर्गत डल्लु, सितापाइला लगायतका क्षेत्रमा सञ्चालनमा रहेका कपडा कारखानामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै २४ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *