जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात सुरु

जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः सुरु गरेको छ ।
सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बर्लिनले साउदी अरबलाई एक सय ५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो सङ्केत दिएको उल्लेख गरेका छन् ।

नयाँ स्वीकृत आइरिस–टी मिसाइलहरू हवाई लक्ष्य अर्थात् मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सक्नेछ । स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलहरूको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो ।

इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो । यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडानलाई कम गरेको छ ।

जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ । बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *