भ्रष्टाचार आरोपमा वन अधिकृतमाथि मुद्दा दायर

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अभियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ करोड ९६ हजार तीन सय ५३ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै नापी कार्यालय, बटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *