ख्वाजालाई ब्याटमा शान्ति चिह्न लगाउने अनुमति दिन अस्वीकार

अस्ट्रेलियाका क्रिकेटर उस्मान ख्वाजालाई पाकिस्तानविरुद्धको बक्सिङ डे टेस्टका लागि उनको ब्याट र जुत्तामा शान्ति चिह्न लगाउने अनुमति नदिइएको रिपोर्ट सार्वजनिक भएको छ ।

आइतबार मेलबोर्नमा प्रशिक्षणका क्रममा उनको ब्याट र जुत्तामा कालो ढुकुर र शब्दहरू शून्य एकः युडिएचआर लेखिएको स्टिकर देखिएको थियो । उक्त शब्दले मानवअधिकारको विश्वव्यापी घोषणाको एउटा सन्दर्भलाई दर्शाउँछ ।

यस साताको दोस्रो टेस्टमा उपयुक्त हुने सन्देश खोज्नका लागि स्टार ब्याटरले हालैका दिनमा क्रिकेट अस्ट्रेलियासँग धेरै बैठक गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यद्यपि उनको नवीनतम मानवीय सङ्केतलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अस्वीकार गरेको दि अस्ट्रेलियन र मनबोर्न एज अखबारहरूले बताएका छन् । ख्वाजाको उक्त कदमबारे आइसिसीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

पर्थमा भएको पहिलो टेस्टका क्रममा पनि मुस्लिम ख्वाजालाई ‘स्वतन्त्रता मानवअधिकार हो’ र ‘सबैको जीवन समान हुन्छ’ भन्ने नारा लेखिएको जुत्ता लगाउन रोक लगाइएको थियो । छत्तिस वर्षीय ख्वाजाले गाजाबासीका लागि आफ्नो समर्थन देखाउन चाहेका थिए ।

यद्यपि उनले राजनीति, धर्म वा नस्लसँग सम्बन्धित सन्देशमा आइसिसीको नियम उल्लङ्घन गरेको उनलाई भनिएको छ । खेलका क्रममा कालोपट्टी लगाएपछि आइसिसीले उनलाई हप्काएको थियो तर पछि उनले यो ‘व्यक्तिगत शोक’ थियो भन्दै आइसिसीको निर्णयको विरोध गर्ने वाचा गरेका थिए ।

इजराइल–हमास युद्धमा आफूमाथि प्रभाव परेको ख्वाजाले शुक्रबार बताएका थिए । उनले युद्धमा कति धेरै बालबालिका मारिएका छन् भन्ने देखेर आफू निराश भएको बताएका थिए । “मेरो इन्स्टाग्राममा निर्दोष बालबालिका मरेको भिडियो देख्दा मलाई ठूलो चोट पुर्यायो”, उनले भने, “मसँग पूरै लगनका साथ, अत्यन्त दृढताका साथ महसुस गर्ने कुरामा प्रकाश पार्ने प्रयासबाहेक अरु कुनै एजेन्डा छैनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *