काठमाडौं । बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा बलात्कार मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।