राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गर्नु भएको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन–भियतनाम सम्बन्धको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ। भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यी ले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्व राखेको उल्लेख गरे ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्व दिएको छ र उच्चस्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्वपूर्ण रहेको बताए ।

यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *