तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा बिहीबार बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपालका सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *