बारामा गोली लागेका युवकको उपचारका क्रममा मृत्यु

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपका क्रममा एक जनाको मृत्यु भएको छ । आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ–१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

बिनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए ।

त्यसक्रममा प्रहरी, आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको थियो । हवाइफायरका क्रममा बिनलाई गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *