नक्कली प्रमाणपत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरीबहादुर (सीबी) गहतराज पक्राउ परेका छन् । स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले गहतराजलाई पक्राउ गरिएको जानकारी दिए । गहतराजले स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले छानबिन थालेको थियो ।

‘महान अभियान’ नामक पत्रिका दर्ता गर्नका लागि सूचना विभागमा पेश गरेको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनी पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *