भेप सुन तस्करी प्रकरणः थुनामा रहेका नासु छुटाइदिने भन्दै एक करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भोजपुर घर भएकी २६ वर्षीया रितु राई र बर्दियाका २१ वर्षीय निरेश चौधरीलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले हाल केन्द्रीय कारागार सुन्धारामा रहेका रेवन्त खड्काको मुद्दा मिलाइदिने भन्दै उनका बुबा अमरबहादुर खड्काबाट ९९ लाख ७५ हजार रुपैयाँ लिएको खुलेको छ । गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले इलेक्ट्रिक चुरोटमा लुकाएर सुन ल्याएका थिए।

भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काले तस्करहरूसँग मिलेर विमानस्थलबाट चोरी गरी सुन बाहिर ल्याएको अनुसन्धानमा देखिएको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा उनी हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *