एलपीएलमा सत्यवती एकेडेमी सेमिफाइनलमा

 

कैलाली । सत्यवती एकेडेमी धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समूह ‘डी’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसअघि समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी, समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल प्रवेश गरिसकेका छन् । आज भएको खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित ग¥यो । सत्यवती एकेडेमीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय १५ रनमा समेटियो ।

एक्सिलेन्स सेन्टरको ब्याटिङमा अर्जुन घर्तीले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए । सत्यवती एकेडेमीका लागि फिर्दोश अन्सारी र तृत राज दासले दुई÷दुई विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित कुमार र सन्दीप क्षेत्रीले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २६ रन बनाएको थियो । उसका लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । ओपनिङ गरेका उनले ३६ बल खेल्दै चार चौका र दुई छक्का प्रहार गरे । इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए ।

क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले दुई तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले एक÷एक विकेट लिए ।

त्यसैगरी यसअघि आजै भएको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो । जितको बाबजुद समूह ‘सी’ को उपविजेता लिटल फ्लावर सेमिफाइनल प्रवेश गर्न असफल रह्यो । तीनवटै खेलमा जितको साथ समूह ‘सी’को विजेताका रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ ।

लिटल फ्लावरले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो । गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए जुन क्रममा चार ओभरमा १० रन खर्चिए । विपिन खत्री, दिनेश अधिकारी र सचिन भट्टले दुई/दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा सात विकेट गुमाएर एक सय २९ रन बनायो । लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा चार चौका र एक छक्का मद्दतले ५० रन बनाए । अभिषेक पालले २९, अनिल रावतले १४ तथा विपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए ।

गरुडा नगरपालिकाको बलिङमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले दुई/दुई विकेट लिए ।  प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले  एक लाख २८ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टीमको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *