पोखरामाथि काठमाडौंको पुनरागमन जित

काठमाडौं । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो हार बेहोरेको छ । सोमबार बेलुकी भएको खेलमा पोखरा काठमाडौं रेजर्ससँग २-१ गोलले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन एनकुनगुए जुनियर र शोखरुखले समान एक-एक गोल गरे । पोखराको लागि आयुष घलानले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा आयुषले गोल गर्दै पोखरालाई शुरुवाती अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा एनकुनगुएले गोल गर्दै काठमाडौंलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै इन्जुरी समयको चौथो मिनेटमा शोखरुखले गोल गर्दै काठमाडौंलाई २-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै काठमाडौं ८ अंक जोड्दै शीर्ष ३ मा उक्लिएको छ । पोखरा ८ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *