रसुवा डलर तस्करीको ट्रान्जिट बन्दै, दुई दिनमा ५७ हजार डलरसहित दुई जना पक्राउ

रसुवा । प्रहरीले रसुवाबाट १४ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले सोमबार राति रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्दा १४ हजार ५ सय डलरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गा ठुलाछापका ३७ वर्षीय मीनबहादुर मगर छन् । उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

त्यसअघि प्रहरीले गत आइतबार ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको थियो । प्रहरीले रसुवाको उत्तरगया गाउँपालिका –६ बेत्रावती बजारबाट धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ३७ वर्षीय सुशील गुरुङलाई आइतबार पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *