दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दोलखा । दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालत न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ । यस प्रकरणमा पक्राउ परेका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

यस्तै घटनामा संलग्न आरोप लागेका महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी मागेको छ ।

प्रहरीले दोलखाको बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *