डा. युवराज संग्रौला ।
सरकारले टिकटक बन्द गर्यो । सही गरेन । विश्वमा विकास भएका आधुनिक संचारमाध्यमको निषेधले समस्याको समाधान गर्ने होइन । भात डढ्यो भनेर पन्यु भाँच्ने कस्तो बुद्धि ?
१. टिकटक नेपालमा सामाजिक विघटनको कारण बन्न थालेको सत्य हो । यसको प्रयोग सूचनाको माध्यमबाट नयाँ संस्कृतिको विकास, मानिसको प्रतिभा विकास, संसारसँग् नेपाल जोड्ने र स्वस्थ मनोरन्जन गर्ने कुरामा हुन सकेन । अश्लिल, प्रोनोग्राफिक र सामाजिक सद्भाव विरोधी प्रचारको माध्यम यो बन्यो , नेपालमा मौलाइरहेको चेतनाहीन उपभोक्तावादी वित्तिय पूँजीवादले टिकटकलाई नेपाली अर्थतन्त्र, संस्कृति र सद्भावका विरुद्ध प्रयोग गर्यो ।
२. तर यो त सरकारको सामाजिक संजाल प्रयोगलाई नियमन गर्ने असक्षमताको परिणती थियो। हामीले भन्दै आएको र जोड दिएको कुरा थियो । इन्टरनेटलाई ‘अनियन्त्रित नराख, नेपालको आफ्नो गेट्वे राख, अभद्र, अश्लिल र सद्भाव बिगार्ने विषयवस्तुलाई सेन्सर गर । तर सरकारले टेरेन । जब टिकटक सत्ताधारी दलको धज्जी उडाउने माध्यम बन्यो, उनीहरुले ‘छानो चुहियो भनेर घर लडाउने काम गरे।’
३. सबैलाई के पनि थाहा छ भने “यो निर्णय अमेरिकी चाहनामा भयो।“ नेपालको अवस्था राजनीतिमा युक्रेनको जस्तै हो भन्ने देखियो। अमेरिका चिनियाँ प्रविधि बन्द गर्न चाहन्छ, नेपाली कम्युनिस्ट अमेरिकी एलाइन्समा छन् । फेसबुक र ट्वीटरले मच्चाएको समस्या पनि देक्थे नत्र ।
४. टिकटक बन्द गर्ने, इन्डोप्यासिफिक फोरमा भाग लिने, बीआरआई समिटमा भाग नलिने र एमसीसीको टेन्डरमा नालायकी हुँदा कारबाही नगर्ने कुराले नेपालका सत्ताधारी दल पश्चिमी गठबन्धनको पक्षमा छन् भन्ने बिस्तारै खुल्दैछ ।
५. टिकटकको प्रयोग म गर्दिन । जान्दिन। मेरो यो बिरोध सैद्धान्तिक मान्यतामा आधारित छ। एक जमानामा राजा ज्ञानेन्द्रले टिभी र फोन बन्द गरे । नेपालीले राजतन्त्र बिदा गरे । सरकारको यस निर्णयले अब बजारमा प्रसाईं, धर्मान्दवाला, जातिवादी मौलाउने छन् । अतः
पहिला इन्टरनेटको गेट्वे लागू गर ।
यस्ता कुरा रोक्न ल्याएको टेरामक्सलाई कार्यन्वयन गर । एकातिर टेरामक्स रोक्ने, घुस खाने अनि टिकटक रोक्ने कार्य भनेको “आमालाई सुत्ने ठाउँ भएन त्यसैले झुन्ड्यांइदिउँ भने जस्तै हो । प्रतिक्रियाका बलमा होइन बुद्धिका बलमा शासन गर्नुहोस् ।