नक्कली जग्गाधनी खडा गरी पाँच करोडमा सरकारी जग्गा बिक्री गर्ने भारतीय नागरिकविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको स्वामित्वमा आउनुपर्ने जग्गा कीर्ते कागजात बनाएर नक्कली जग्गाधनी खडा गरी ५ करोड रूपैयाँ भन्दाबढीमा बिक्री गरेको प्रकरणमा भारतीय नागरिकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भारतीय नागरिक अनुप मेहरा जग्गा बिक्रीकर्ता रहेको अनुसन्धानबाट खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *