रूसी राष्ट्रपति पुटिन र बेलारूसका समकक्षी लुकान्शेबीच टेलिफोन वार्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच टेलिफोन वार्ता भएको छ । वार्तामा सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

क्रेमलिनले विज्ञप्ति जारी गरी नेताहरूबीच नोभेम्बर २३ मा मिन्स्कमा हुने सीएसटीओको सामूहिक सुरक्षा परिषद्को अर्को बैठकको तयारीबारे छलफल भएको जनाएको छ । त्यस्तै उनीहरुले द्विपक्षीय सहयोगको विकास र ऊर्जा, यातायात तथा उच्च प्रविधिको क्षेत्रसहित केन्द्रीय राज्यको एकीकरणलाई अगाडि बढाउने बारेमा पनि छलफल गरेका छन् ।

क्रेमलिनका अनुसार उनीहरूले रूस–बेलारूसको रणनीतिक साझेदारी र सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य जारी राख्न आपसी तत्परता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *