नेपाल टस हारेर पहिले बलिंङ गर्दै, सन्दीप प्लेइङ ११ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज हुने खेलमा नेपालले सिंगापुर विरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टोलीको प्लेंइङ ११ मा सन्दीप लामिछाने फर्किएका छन् । सन्दीपको आगमनसँगै अर्का स्पिनर ललित राजवंशी बेन्चमा बसेका छन् । नेपाल आज हुने खेलमा तुलात्मक रुपमा कमजोर सिंगापुरलाई हराउँदै प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ ।

नेपालको प्लेइङ ११ – कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *