काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरुद्ध जारी खेलमा अलराउन्डर दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने जारी खेलमा दीपेन्द्र सिंह एरीले जारी सिरिजमा लगातार तेस्रो अर्धसतक पूरा गरेका हुन् ।
दीपेन्द्रले ५२ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका प्रहार गरे । ताजा अवस्थामा नेपालले ३७ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा १ सय ८७ रन बनाएको छ । हाल दीपेन्द्र सिंह एरी ५१ र गुलसन झा सुन्य रन सहित क्रिजमा छन् । यसअघि विनोद भण्डारी अर्धसतक बनाउँदै आउट भएका हुन् । उनले ७९ बलमा ७ चौका प्रहार गरे । यस्तै कप्तान रोहित्त पौडेल ४८ बलमा ३ चौकाको मद्दतमा ३९ रन बनाउँदै आउट हुँदा डेब्यु खेल खेलेका अर्जुन कुमाल र आरिफ शेख समान ११/११ रन बनाउँदै पभिलियन फर्किए । भीम शार्कीले खाता खोल्न सकेनन् ।
युएईका अजय कुमारले दुई र जुनाइद सिद्दिकी, हाइदर अली र खुजाइमा तान्भिर समान एक/एक विकेट लिए ।
